यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७५ जेठ ११ गते

२३ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पाँचखपन नगरपालिका-६ का ५८ वर्षीय सलबहादुर श्रेष्ठलाई असार १० गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले जेठ २५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असार १० गते प्रहरीमा उजुरी दिएपछि श्रेष्ठलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असार ११ गते जिल्ला अस्पताल खाँदबारीमा गरिएको छ । आरोपित श्रेष्ठ पाँचखपन नपा-८ स्थित जलजला स्वास्थ्य चौकीका प्रमुख हुन् । यौन दुर्व्यवहार घटनाका अर्का आरोपित २४ वर्षीय उदयकुमार शाह भने फरार रहेका छन् । फरार शाह पनि सोही स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी हुन् ।


बाबुराम बास्तोला