यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७५ जेठ १० गते

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लक्ष्मीपुर पतारी गाउँपालिका-२ का १९ वर्षीय भिमकुमार साफीलाई जेठ ९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ ८ गते यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा जेठ ९ गते उजुरी दिएको पीडित पक्षले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा जेठ १० गते भएको थियो ।


दुर्गा परियार