यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

  ०७५ जेठ १० गते

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गोदावरी नपा-१२ बाँडेगाउँका २६ वर्षीय टेकबहादुर साहुविरुद्ध महानगरीय प्रहरी वृत्त सातदोबाटोमा पीडित पक्षले जेठ १० गते उजुरी दर्ता गराएका छन् ।

पीडित बालिकालाई आरोपितले जेठ १० गते बिहान यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले दिएको उजुरी दर्ता गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोकी असई सरिता भण्डारीले बताइन् ।

घटनाका आरोपित साहु फरार रहेको र उनको खोजी कार्य भइरहेको उनले जानकारी दिइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण भने नभएको असई भण्डारीले बताइन् ।


केशवराज भट्ट