यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७४ चैत २४ गते

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मेलौली नगरपालिका-३ सलेनाका २५ वर्षीय धनसिंह भाटलाई चैत २३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत ८ गते यौन दुर्व्यवहार गरेको आरोप छ । पीडित बालिकाका अविभावक घरमा नभएकाले चैत २२ गते मात्रै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको हो ।

आरोपीलाई गिरफ्तार गरि हिरासतमा राखेको र घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख हेरम्ब शर्माले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २३ गते जिल्ला अस्पतालमा गरिएको छ ।


नरी बडु