यौन दुर्व्यवहार गरेको ठहर सहित २ वर्ष ६ महिना कैदको फैसला

  ०७६ असोज १ गते

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको ठहरसहित सिद्धार्थनगर थाना भारत घर भई तानसेन नपा-९ दमकडामा ज्याला मजदुरी गर्दै आएका ४६ वर्षीय गयाप्रसाद यादवलाई जिल्ला अदालत पाल्पाले भदौ ३१ गते २ वर्ष ६ महिना कैदको फैसला सुनाएको छ ।

न्यायाधीश खड्कबहादुर केसीको इजलासले उक्त फैसला सुनाएको अदालतका स्रेस्तेदार कृष्णमुरारी सिग्देलले बताए । पीडित पक्षले बलात्कार प्रयासको उजुरी दिएपनि आरोपितले बाल यौन दुराचार गरेको ठहर सहित उक्त फैसला सुनाएको उनले बताए ।

पीडित बालिकालाई आरोपितले ०७५ फागुन ३० गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले चैत १ गते प्रहरीमा उजुरी दिएको थियो । प्रहरीले चैत १ गते नै आरोपितलाई गिरफ्तार गरी अनुसन्धान अगाडि बढाएको थियो ।


यज्ञमूर्ति तिमिल्सिना