यौन  दुर्व्यवहार गरेको कसुरमा चार वर्ष कैद सजायको फैसला

  ०७६ माघ २३ गते

११ वर्षीया छोरीलाई यौन  दुर्व्यवहार गरेको कसुरमा अदालतले ४० वर्षीय बाबुलाई माघ २२ गते चार वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायधीश राधाकृष्ण उप्रेतीको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै २० हजार रुपियाँ जरिबानाको फैसला गरेको अदालतका सूचना अधिकारी गोपाल गिरीले बताउनुभयो ।

आरोपितले ०७६ साउन १९ गते यौन  दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध साउन २० गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको थियो ।

प्रहरीले आरोपितलाई साउन २० गते गिरफ्तार गरी सोही दिन जिल्ला अदालतमा हाडनाता करणी प्रयास शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान(घोपा) मा साउन २० गते गरिएको थियो ।

 


जयकृष्ण यादव