यौन दुर्व्यवहार गरेको कसुरमा १० दिन कैदको फैसला

  ०७३ भदौ २९ गते

२१ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा भुतही गाविस-२ का ५४ वर्षीय खुशीलाल यादव, ४२ वर्षीय डम्बर यादव, २८ वर्षीय पवन पण्डित कुम्हार र पातो गाविस-९ का ६९ वर्षीय  बिन्देश्वर शर्मालाई जिल्ला अदालतले भदौ २९ गते जनही १० दिनको कैद सजाय र ५ सय रुपियाँ जरिबानाको फैसला गरेको छ ।

न्यायाधीश विनोदकुमार गौतमको इजलासले आरोपितहरूलाई उक्त फैसला सुनाइएको अदालतले जनाएको छ । फैसलापछि आरोपितहरू फरार रहेका छन् ।

पीडित महिलालाई गत वैशाख १८ गते आरोपितहरूले यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै पीडितले जिल्ला अदालतमा वैशाख २८ गते आशय करणीको मुद्दा दर्ता गराएकी थिइन् ।


मनोहरकुमार पोखरेल