यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैदको फैसला

  ०७६ माघ १ गते

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा झापा जिल्ला बिर्तामोड नगरपालिका–५ घर भई हाल ललितपुर महानगरपालिका–१५ साम्पाङचोकमा झारफुक गरी बस्ने ४० वर्षीय सर्बु राईलाई ६ महिना कैद, ५ हजार रुपियाँ जरिवाना र ५० हजार रुपियाँ क्षतिपुर्ति  भराउने फैसला भएको छ । ललितपुर जिल्ला अदालतले पुस २८ गते  यस्तो फैसला गरेको हो । न्यायाधीश डा.रमेशप्रसाद रिजालको इजलासले कसुर ठहर गर्दैे उक्त फैसला सुनाएको ललितपुर जिल्ला अदालतका स्रेष्तेदार नगेन्द्रकुमार कालाखेतीले बताउनुभयो ।

बालिकालाई २०७६ साउन ७ गते यौन दुर्व्यवहार गरेको आरोपमा घटनास्थलबाटै स्थानीयले समातेर प्रहरी समक्ष बुझाएका थिए । पीडित बालिकालाई आरोपितले साउन ७ गते झारफुक गर्ने बहानामा यौन दुर्व्यवहार गरेको भन्दै पीडित बालिकाकी आमाले साउन ७ गते नै महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएपछि उक्त उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको डिएसपी गौतम मिश्रले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ७ गते पाटन अस्पतालमा गरिएको अस्पतालले जनाएको छ ।


दीपकप्रसाद घिमिरे