यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला

  ०७६ मङ्सिर ३ गते

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा रङ्गेली नगरपालिका–६ का २२ वर्षीय सचिन मण्डललाई जिल्ला अदालतले मङ्सिर २ गते एक वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश किशोर घिमिरेको इजलासले मण्डललाई कैदसँगै १० हजार रुपियाँ जरिबाना र २० हजार रुपियाँ पीडितले पाउने गरी क्षतिपूर्ति भराउन आदेश गरेको अदालतका सूचना अधिकारी युवराज पौडेलले बताए ।

पीडित बालिकालाई आरोपितले ०७५ पुस २३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पुस २४ गते इलाका प्रहरी कार्यालय रङ्गेलीमा उजुरी दिएपछि प्रहरीले सोही दिन आरोपितलाई गिरफ्तार गरी कारबाही अघि बढाएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अञ्चल अस्पतालमा पुस २४ गते गरिएको थियो ।


इन्दिरा भट्टराई