यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद फैसला

  ०७६ कात्तिक २१ गते

सात वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा माडी नगरपालिकाका ४५ वर्षीय अमिर सुनारलाई जिल्ला अदालतले एक वर्ष कैद र १० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।

न्यायाधीश अवनी मैनाली भट्टराइको इजलासले कात्तिक २१ गते सो फैसला गरेको हो । पीडित बालिकालाई सुनारले गत जेठ २९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असार ३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी थिइन् ।

आरोपीतलाई प्रहरीले असार २ गते गिरफ्तार गरेको थियो । पीडित बालिकाको असार ४ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।


दिपेन्द्र अधिकारी