यौन दुर्व्यवहार गरेको कसुरमा नौ महिना कैद सजायको फैसला

  ०७६ असोज ९ गते

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा फिदिम नगरपालिका–४ का २६ वर्षीय लक्ष्मी थापालाई जिल्ला अदालतले असोज ८ गते नौ महिना कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश मोहनराज भट्टराईको इजलासले कैद सजायसँगै १० हजार रुपियाँ जरिबाना र ३० हजार रुपियाँ पीडितले पाउने गरी क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी याम चौहानले बताए ।

पीडित बालिकालाई थापाले गत वैशाख ६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्घ वैशाख ७ गते जिल्ल प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले वैशाख ६ गते गिरफ्तार गरी कारबाही अघि बढाएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख ७ गते गरिएको थियो ।


मङ्गल बेघा