यौन दुर्व्यवहार गरेको कसुरमा तीन वर्षकैदको फैसला
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा कटैया गाविस-८ का २० वर्षीय दिपेन भनिने पुलकित इशरलाई जिल्ला अदालतले पुस १९ गते तीन वर्षकैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश शङ्करबहादुर राईको इजलासले आरोपितलाई तीन वर्षकैद सजायको फैसला सुनाएको अदालतका स्रेस्तेदार नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
पीडित बालिकालाई आरोपितले ०७२ फागुन ८ गते आरोपितले यौन दुर्व्यवहार गरेको आरोपमा उनका अभिभावकले फागुन १६ गते प्रहरीमा उजुरी गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयले आरोपितविरुद्ध ०७२ फागुन २८ गते 'जबरजस्ती करणी उद्योग' शीर्षकमा मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतका स्रेस्तेदार नरेन्द्र कुमार श्रेष्ठले आरोपितका नाममा ०७२ चैत १७ गते वारेण्टसहितको म्यादी पुर्जी जारी गरेका थिए । आरोपित हालसम्म गिरफ्तार भएका छैनन् ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
एक सातादेखि विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन प्रभावित
खार्पुनाथ गाउँपालिका–१ स्थित कैलाश आधारभूत विद्यालयमा ०७७ चैत २९ गतेबाट तालाबन्दी हुँदा विद्यार्थीहरूको पठनपाठन प्रत्यक्ष रूपमा प्रभावित भएको छ । प्रधानाध्याक नियुक्तिमा दलीय विवाद हुँदा सो विद्यालयका विद्यार्थीहरूको पठनपाठन प्रभावित…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
३२ वर्षीया महिलालाई ०७७ चैत १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले बाँके जिल्ला कोहलपुर नपा–२ आनन्दनगरका ३२ वर्षीय रमेश मिजारविरुद्ध वैशाख ६ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दिएको…
स्थानीयद्वारा रेडियो श्रीनगरमा तोडफोड गरेको व्यवस्थापनको आरोप
अदानचुली गाउँपालिका–२ मा रहेको रेडिया श्रीनगरमा अदानचुली गाउँपालिकाका केही स्थानीयले वैशाख ३ गते तोडफोड गरेको रेडियो व्यवस्थापनले आरोप लगाएको छ । रेडियोमा कोही नभएको मौका पारी अदानचुली गाउँपालिका–२ श्रीनगरका २१…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ६ गते)
वैशाख ६ गते १ हजार २ सय २७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८५ हजार ९ सय पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।…
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई जबरजस्ती यौन कार्य गराएको आरोपमा प्रहरीले कावासोती नपा–२ लोकनाथ पोख्ररेललाई गिरफ्तार गरेको छ । कावासोती नपा–२ स्थित एक होटलमा यौन व्यवसाय सञ्चालन हुँदै आएको सूचनाका आधारमा प्रहरीले…