यौन दुर्व्यवहार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला
नौ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत इलामले बरबोटे गाविस-४ का ४८ वर्षीय श्याम निरौलालाई पाँच वर्ष कैदको सजाय सुनाएको छ ।
न्यायाधीश नवराज दाहालको इजलासले मुलुकी ऐन जबरजस्ती करणी महल अनुसार कसुर ठहर गर्दै कात्तिक २५ गते उक्त सजायको फैसला सुनाएको हो ।
निरौलालाई जबरजस्ती करणी महलको ३(१) नम्बर बमोजिम सजायको ऐजन ५ नम्बर बमोजिम आधा सजाय हुने हुँदा ऐजन ५ नम्बर बमोजिम पाँच वर्षकैद सजाय सुनाइएको जिल्ला अदालतका श्रेस्तेदार जगदीश्वर भट्टर्राईले जानकारी दिए ।
पीडित बालिकालाई आरोपितले ०७२ चैत १३ गते यौन दुर्व्यवहार गरेको आरोपमा चैत १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । उजुरी परे लगतै गिरफ्तार गरिएका निरौला पूर्पक्षका लागि थुनामा रहेका थिए ।
कोकिला ढकाल
संबंधित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा १ वर्ष ६ महिना कैदको फैसला
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहारगरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका गौरादह नगरपालिका–५ का ३० वर्षीय सान्तोष राईलाई जिल्ला अदालत झापाले मङ्सिर १९ गते १ वर्ष ६ महिना कैद सजायको फैसला…
मुुख्यमन्त्री सहभागी कार्यक्रमलाई लक्षित गरेर बम विष्फोट
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी कार्यक्रमलाई लक्षित गरेर प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले बम विष्फोट गराएको स्थानीयले बताएका छन् । अन्तर जिल्ला जोड्ने सडकको शिलान्यास गर्न मङ्सिर १९ गते हुम्ला आउनु…
लैङ्गिकमैत्री समाज बनाउन पुरुषको साथ अनिवार्य
लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान जारी छ । अन्तर्राष्ट्रियस्तरमै नोभम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसा विरूद्धको दिवस मनाउने गरिन्छ । यस अवधिमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै…
बालविवाह गरेको कसुरमा ६ महिना कैदको फैसला
१६ वर्षीया पुजा भनिने कविताकुमारी रामसँग बालविवाह गरेको आरोपमा कञ्चनरुप नपा–९ रुपनगरका १९ वर्षीय मनिषकुमार साहलाई मङ्सिर १९ गते जिल्ला अदालतले ६ महिना कैद र ५ हजार रुपियाँ जरिबानाको फैसला…
इन्सेकद्वारा उपनिर्वाचन अनुगमन प्रतिवेदन सार्वजनिक
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत मङ्सिर १४ गते सम्पन्न भएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनको अनुगमन प्रतिवेदन मङ्सिर २० गते सार्वजनिक गरेको छ । आफ्ना प्रतिनिधि तथा…