यौन दुर्व्यवहार गरेको कसुरमा ६ वर्षकैद सजायको फैसला

  ०७४ भदौ १६ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत मोरङले भदौ १५ गते १७ वर्षीय बालकलाई ६ वर्षकैदको फैसला सुनाएको छ ।

न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासले ६ वर्षकैद सजायसँगै पीडितलाई २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत मोरङ पाँच नम्बर इजलासका नायव सुब्बा युवराज कटुवालले बताए ।

पीडित बालिकालाई आरोपितले गत वैशाख ७ गते घरमा बलत्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले जेठ १४ गते उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १५ गते कोशी अञ्चल अस्पताल विराटनगरमा भएको थियो ।


इन्दिरा भट्टराई