यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार

  ०७४ चैत १ गते

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नवराजपुर गाउँपालिका-२ का ४५ वर्षीय उपेन्द्र मुखियालाई फागुन ३० गते राति गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन २९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले फागुन ३० गते उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा चैत १ गते गरिएको छ ।

इलाका प्रहरी कार्यालय महेशपुर पतारीका इन्सपेक्टर रविभुषण यादवका अनुसार आरोपितलाई गिरफ्तार गरी आवश्यक कारवाही प्रकृया अगाडी बढाएको बताए ।


दुर्गा परियार