यौन दुर्व्यवहार कसुरमा ६ वर्ष कैद फैसला

  ०७६ माघ १ गते

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले पुस २८ गते तुलसीपुर उपमनपाा–१४ का १९ वर्षीय सुनील बस्नेतलाई ६ वर्ष कैद गर्ने फैसला गरेको छ ।

जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलासले ६ वर्ष कैद र पीडितलाई १० हजार रूपियाँ  क्षतिपुर्ति भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार धनीप्रसाद चपाईले बताउनु भयो ।

पीडितलाई ०७६ भदौ १६ गते यौन दुर्व्यवहार गरेको भन्दै  पीडित पक्षले भदौ १७ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई भदौ २० गते गिरफ्तार गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ १७ गते राप्ती प्रादेशिक अस्पतालमा गरिएको थियो ।


जयनारायण पुन