यौन दुर्व्यवहार कसुरमा ६ महिना कैद सजायको फैसला

  ०७६ पुस १० गते

तीन वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा हिलिहाङ गाउँपालिका–२ का १८ वर्षीय लक्षु भनिने लक्ष्मी बस्नेतलाई जिल्ला अदालतले पुस ९ गते ६ महिना कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश मोहनराज भट्टराईको इजलासले कैदसँगै बस्नेतबाट १५ हजार रुपियाँ क्षतिपूर्ति र १० हजार रुपियाँ जरिबाना भराउन फैसला भएको अदालतका सूचना अधिकारी याम चौहानले बताउनुभयो ।

पीडित बालिकालाई आरोपितले ०७५ भदौ ३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्घ भदौ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितलाई भदौ ७ गते गिरफ्तार गरी प्रहरीले कानुनी कारबाही अघि बढाएकोमा जिल्ला अदालतले भदौ २८ गते २५ हजार रुपियाँ धरौटी बुझाएर तारेखमा रिहा गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ ७ गते गरिएको थियो ।


मङ्गल बेघा