यौन दुर्व्यवहार कसुरमा  ३ वर्ष ६ महिना कैदको फैसला

  ०७६ फागुन २० गते

२६ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले फागुन १८ गते माण्डवी गाउँपालिका २ का २९ वर्षीय नेत्रबहादुर सिरीसलाई  ३ वर्ष ६ महिना कैदको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश  विष्णुप्रसाद गौतमको इजलासले कैदसँगै १० हजार रूपियाँ क्षतिपुर्तिको फैसला गरेको अदालतका सुचना अधिकारी दामोदर गौतमले बताउनु भयो ।

पीडितलाई आरापितले ०७६ असोज २ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले  असोज ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई  असोज ३ गते घरबाट गिरफ्तार गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण असोज ३ गते जिल्ला अस्पताल, बिजुवारमा गरिएको थियो ।

 


रविन्द्र पाण्डे