यौन दुर्व्यवहार कसुरमा सात महिना नौ दिन कैदको फैसला

  ०७६ फागुन ८ गते

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै  जिल्ला अदालतले  फागुन ७ गते तानसेन नपा–१३ अर्गलीका ३२ वर्षीय मिनबहादुर बुढाथोकीलाई सात  महिना नौ  दिन कैदको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले उक्त सजायसँगै   ५ हजार रूपियाँ जरिवाना र १० हजार रूपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने आदेश दिएको श्रेस्तेदार कृष्णमुरारी सिग्देलले बताउनु भयो ।

पीडितलाई ०७६ असार २४ गते आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै असार २५ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका  थिए । आरोपितलाई प्रहरीले असार २६ गते गिरफ्तार गरेको  थियो ।

पीडितको स्वास्थ्य परीक्षण असार २५ गते जिल्ला अस्पताल पाल्पामा स्वास्थ्य परीक्षण गरिएको थियो ।

 


यज्ञमूर्ति तिमिल्सिना