यौन दुर्व्यवहार कसुरमा पाँच वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा चामुण्डा बिन्द्रासैनी नगरपालिका–१ चापागाउँका २४ वर्षीय पदमबहादुर तामाङ्गलाई दैलेख जिल्ला अदालतले पाँच वर्ष कैद सजायको फैसला गरेको छ ।
यौन दुर्व्यवहार मुद्दाका सन्दर्भमा घटनास्थलमा फेला परेका प्रमाणर र घटना क्रमले यौन दुव्र्यवहार गरेको पुष्टि भएकोले जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट माघ १२ गते उक्त फैसला भएको अदालतका सूचना अधिहारी टिकाराम न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार तामाङ्गले पीडितलाई ३५ हजार क्षतिपूर्ति र एक हजार रूपिँया पीडित सहायता कोषमा तिनुपर्ने पनि फैसलामा उल्लेख छ ।
घरमा सुतिरहेकी १६ वर्षीया बालिकालाइ ०७६ फागुन ६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले ०७६ फागुन ७ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको उजुरीको आधारमा आरोपितलाई प्रहरीले सोहि दिन घरबाटै गिरफ्तार गरेको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ७ गते दैलेख जिल्ला अस्पतालमा भएको थियो ।
घटनाबारे प्रहरीले अनुसन्धान सकेर फागुन ३० गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी उद्योग सम्वन्धी मुद्दा दर्ता गरेकोमा अदालतले सोहि दिन पुर्पक्षका लागि कारागार पठाएको थियो ।
अमर सुनार
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई ०७७ फागुन १२ गते यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोक जिल्ला घर भई लिखुतामाकोसी गाउँपालिका–२ मा भाँडाको व्यापार गर्ने २२ वर्षीय सन्जु खत्रीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको…
मानव अधिकार कार्य योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्य योजनाको कार्यन्वयन विषयक अन्तरक्रिया कार्यक्रम फागुन १४ गते विदुरमा सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा भएको कार्यक्रममा आयोगका मानव अधिकार अधिकृत…
परमादेशपछि कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
डाक्नेश्वरी नपा–८ की २३ वर्षीया कोशिलादेवी मुखियालाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा प्रहरीले डाक्नेश्वरी नपा–८ का ४५ वर्षीय राजकुमार मुखिया, ४० वर्षीय जीवन मुखिया, ५६ वर्षीय लक्ष्मी मुखिया, ४० वर्षीय…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १४ गते)
फागुन १४ गते १ सय १२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नपा–४ का २२ वर्षीय मो. आसमान निरालेलाई फागुन १२ गते गते जिल्ला अदालतले १८ वर्ष कैद र १० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला…