यौन दुर्व्यवहारको कसुरमा दुई वर्ष कैदको फैसला
१४ वर्षीया वालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले माघ १४ गते घोराही उपमनपा–१४ का ४० वर्षीय सुकवीर वादीलाई दुइ वर्ष कैदको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश पुनाराम खनालको इजलासले ठहर गर्दै दुई वर्ष कैद, ३० हजार जरिबाना तथा पीडितलाई २० हजार रुपियाँ क्षतिपूर्ति उपलव्ध गराउने फैसला गरेको हो ।
पीडितलाई आरोपितले ०७६ माघ ८ गते यौन दुर्व्यवहरा गरेको भन्दै पीडितपक्षले ०७६ माघ ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले माघ ९ गते गिरफ्तार गरी मुद्दा चलाएको थियो । पीडितको स्वास्थ्य परीक्षण ०७६ माघ ९ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो ।
जयनारायण पुन
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा २ महिना कैद सजायको फैसला
१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको कसुरमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका –२ का २८ वर्षीय गोपाल सुनारलाई जिल्ला अदालत सल्यानले दुइ महिना कैद तथा १० हजार क्षतिपुर्तिको फैसला गरेको छ…
हत्या घटनाका आरोपित गिरफ्तार पछि प्रहरीद्वारा सार्बजनिक
रेसुङ्गा नगरपालिका– ३ की २१ वर्षीया सम्झना बोहराको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४७ वर्षीय लालबहादुर खत्रीलाई फागुन १७ गते गिरफ्तार गरी प्रारम्भिक अनुसन्धानबाट हत्यामा सङ्लग्न रहेको पाइएपछि प्रहरीले…
सामुहिक बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २० वर्षीय दिलिप सापकोटालाई ०७७ फागुण १९ गते चौतारा बजारबाट गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनुभयो…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
हेटौँडा उपमहानगरपालिका–१५ स्थित रिद्धीसिद्धी सिमेन्ट उद्योगका महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फागुन १७ गते उद्योगका महाप्रबन्धक तथा पूर्व एसएसपी ५८ वर्षीय लोकेन्द्रबहादुर मल्ललाई गिरफ्तार गरेको छ । आरोपितले उद्योगमा…
सदरमुकाममा भन्सार कार्यालय, ३ हजार रुपियाँ राजश्व बुझाउनका लागि १५ हजार रुपियाँ खर्च
जिल्लाको उत्तरी क्षेत्रमा रहेको किमाथाङ्का सीमा भन्सार कार्यालय सदरमुकाम खाँदबारीमा बस्दा सेवाग्राहीले सास्ती पाएका छन् । ३ हजार २ सय ५४ रुपियाँ भन्सार राजश्व बुझाउँन पाँच दिनको पैदल यात्रा गरी…