यौन दुर्व्यवहारको कसुरमा तीन महिना कैद सजाय फैसला

  ०७७ पुस १८ गते

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा माडी नगरपालिका–२ का ५३ वर्षीय देवीलाल  पौडेललाई पुस १६ गते जिल्ला अदालतले तीन महिना कैद सजाय फैसला गरेको छ ।

न्यायाधीश हेमन्त रावलको इजलासले उक्त फैसला गरेको हो ।

पीडित बालिकालाई ०७६ मङ्सिर १९ गते स्थानीय चितेखोला नजिकैको झाडीमा लगि यौन दुर्व्यवहार गरेको आरोपमा बालिकाको आमाले मङ्सिर २३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिनुभएको थियो ।

पौडेललाई प्रहरीले  मङ्सिर २२ गते गिरफ्तार भएको थियो । पीडित बालिकाको मङ्सिर २३ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।


दिपेन्द्र अधिकारी