यौन दुर्व्यवहारको कसुरमा ६ महिना कैद फैसला

  ०७७ मङ्सिर ११ गते

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा चितवन अदालतका न्यायधीश गायत्री रेग्मीको इजलासले मङ्सिर ११ गते खैरहनी नगरपालिका–१४ का २८ वर्षीय विष्णु कुमाललाई ६ महिना कैद फैसला र पीडितलाई ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

आफूमाथि ०७६ कात्तिक १४ गते कुमालले यौन दुर्व्यवहार गरेको भन्दै पीडितले कात्तिक १७ गते इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी दिएकी थिइन् ।

कुमाललाई प्रहरीले ०७६ कात्तिक १६ गते नै गिरफ्तार गरी अदालत पेश गरेकोमा उनी अदालतको मङ्सिर १३ गतेको आदेशले धरौटीमा रिहा भएका थिए ।

पीडित बालिकाको कात्तिक १७ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।


दिपेन्द्र अधिकारी