यौन दुर्व्यवहारका आरोपित गिरफ्तार

  ०७५ फागुन २९ गते

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रामग्राम नपा- ९ का २४ वर्षीय अम्बरेश कुमार गुप्तालाई फागुन २८ गते गिरफ्तार गरेको छ ।

आरोपितले  फागुन २७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले फागुन २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र पीडितको स्वास्थ्य परीक्षण फागुन २८ गते पृथ्वी चन्द्र जिल्ला अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालयका सई माधवप्रसाद भण्डारीले बताए ।


नारायण पराजुली