यौन दुर्व्यवहार गरेको कसुरमा १ वर्ष ६ महिना कैदको फैसला

  ०७६ माघ ११ गते

महिलालाई यौन दुर्व्यवहार गरेको कसुरमा टेकबहादुर बिकलाई चितवन जिल्ला अदालतको माघ ९ गतेको इजलासले १ वर्ष ६ महिना कैद हुने फैसला सुनाएको छ । न्यायाधीश प्रकाश हेमन्त रावलको इजलासले उक्त फैसला गरेको हो ।

खैरहनी नगरपालिका–१३ घर भएका ४० वर्षीय बिकले ०७५ फागुन १९ गते यौन दुर्व्यवहार गरेको आरोपमा ३२ वर्षीया पीडित आफैले फागुन १९ गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिनुभएको थियो ।

आरोपीत बिक फागुन १९ गते नै गिरफ्तार भएको चितवन प्रहरीले जनाएको छ । पीडितको फागुन २० गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो ।


दिपेन्द्र अधिकारी