यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ माघ ७ गते

पाँच वर्षीया  बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ओमसतिया गाउँपालिका– ५ का १५ वर्षीय बालकलाई माघ ६ गते गिरफ्तार गरेको छ ।

बालिकालाई आरोपितले माघ ६ गते यौन दुर्व्यवहार  गरेका भन्दै  पीडित पक्षले माघ ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित परिवारले दिएको उजुरीका आधारमा कारवाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ ६ गते  भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले जनायो ।


रीमा बि.सी