यूपिआरका लागि गैसस सञ्जालको तयारी सुरू

  ०७६ वैशाख २६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) वियोण्ड बेइजिङ कमिटीलगायतका संस्थाहरूको संयुक्त आयोजनामा काठमाडौँमा वैशाख २६ गते मानव अधिकारको विश्ववयापी आवधिक समीक्षा (यूपिआर) को तयारी बैठक सम्पन्न भएको छ ।

युपिआरमा पेश गर्ने प्रतिवेदनको तयारीका सम्बन्धमा छलफल गर्न तयारी बैठक आयोजना गरिएको आयोजकले जनाएको छ ।

राज्य र अन्य सरोकारवालाहरूद्वारा प्रतिवेदन तयार गर्ने तथा सुझाव सङ्कलनको कार्यलाई सहकार्यका साथ अगाडि बढाउने उद्देश्यका साथ बैठकको आयोजना गरिएको इन्सेककी अध्यक्ष इन्दिरा श्रेष्ठले बताइन् ।

श्रेष्ठले यूपिआर अन्तर्गतको तेस्रो चरणको समीक्षा २०२० सफलतापूर्वक सम्पन्न गर्नका लागि सबैको सहभागिताको अपरिहार्यताबारे प्रकाश पारिन् ।

सन् २०११ मा पहिलो तथा २०१५ मा दोस्रो विश्ववयापी आवधिक समीक्षा सम्पन्न भैसकेको भन्दै कार्यक्रममा अब हुने २०२० को तेस्रो विश्ववयापी आवधिक समीक्षामा सबैको हक अधिकार सामूहिक रूपमा समावेश गर्न राष्ट्रिय मानव अधिकार लागि परेको आयोगकी अधिकृत अम्बिका घिमेरेले बताइन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै यूपिआरका लागि गैरसरकारी संस्थाहरूको सञ्जालको सचिवालय इन्सेककी सम्झा श्रेष्ठले यूपिआरमा प्रत्येक साढे चार वर्षमा सम्बन्धित राष्ट्रको मानव अधिकारबारे समीक्षा बुझाइसक्नुपर्ने प्रावधान रहेको बताइन् ।

दोस्रो समीक्षाबाट नेपाललाई प्राप्त भएका १ सय ९५ सिफारिसमा १ सय ५२ ओटालाई सरकारले स्वीकार गरेको थियो ।

यूपिआरले संयुक्त राष्ट्र सङ्घका १ सय ९३ सदस्य राष्ट्रहरूको दायित्व र प्रतिवद्धताको कार्यान्वयन अवस्थालाई नेपालले पनि समीक्षा गर्दै आएको नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदका सहसचिव कैशलचन्द्र सुवेदीले बताए ।

photo20190509kathmandu (1)

photo20190509kathmandu (2)

photo20190509kathmandu (3)

photo20190509kathmandu (4)

photo20190509kathmandu (5)

फोटोः बिमलचन्द्र शर्मा


विमला पौडेल