युवा समूहद्वारा प्रकाशित ‘परिवर्तनका लागि युवा’ नामक पुस्तक विमोचन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा बगनासकाली गाउँपालिका –८ बराङदीमा गठन गरिएको बेद युवा समुहद्वारा प्रकाशित ‘परिवर्तनका लागि युवा’ नामक पुस्तकको पुस २२ गते विमोचन गरिएको छ ।
पुस्तकको विमोचन गर्दै बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले युवा समूहले समुदाय स्तरमा रचनात्मक कार्यक्रमहरू गर्दै आएको बताउनु भयो । अध्यक्ष बस्यालले युवा समूहले गर्ने कार्यका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्न गाउँपालिका जहिले पनि तयार रहेको बताउनु भयो ।
वडा नम्बर ८ का अध्यक्ष गणेशप्रसाद बस्यालले युवा समूह मार्फत बराङदीमा धेरै राम्रा कामहरु हुँदै आएको बताउँदै स्थानीय तहले अब घोषणा गर्न लागेको बालमैत्री कार्यक्रमका लागि समुदाय स्तरबाट सक्दो सहयोग गर्न युवाहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल परिवार नियोजन सङ्घ पाल्पाका शाखा प्रवन्धक शोबाकान्त न्यौपानेले यो युवा समूहले परिवार नियोजनसँगको सहकार्यमा बराङदीमा सूचना केन्द्र समेत सञ्चालन गर्दै आएको बताउनु भयो । त्रिभुवन बहुमुखी क्याम्पसका प्रध्यापक डाक्टर शङ्कर गैरे, तातोपानी खानेपानी उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद पाठक, बगनासकाली कृषि सहकारीका अध्यक्ष कृष्ण भुसालले युवाहरू यसरी सङ्गठित भएर लाग्नु पंशसनीय कार्य भएको बताउनु भयो । पुस्तकमा युवा समूहका सफलताका कथा, युवाका अनुभव लगायतका बिषयहरू समेटिएका छन् ।
यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित समाचारहरू
समान कामको समान ज्याला नपाएको महिलाको गुनासो
तिला गाउँपालिका–५ डुङ्ग्री गाउँका महिलाले डुङग्री गाउँको प्राथमिक विद्यालयमा दिनभर घेरवार निर्माण गर्दा समान कामको समान ज्याला नपाएको गुनासो गरेका छन् । विद्यालयको घेरवार निमार्णको लागि दिनभर ढुङ्गा, बालुवा र…
प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता कपिलवस्तु जिल्ला वुद्धभुमी नपा–५ का ५१ वर्षीय गिरबहादुर विक र नवलपरासी पूर्व जिल्ला मध्यविन्दु नपा–७ का ४९ वर्षीय धनबहादुर मुखियालाई प्रहरीले…
मार्ने धम्की दिएको भन्दै वडा अध्यक्षद्वारा प्रहरीमा उजुरी
राजपुर गाउँपालिका–७ का अध्यक्ष ७२ वर्षीय भीमबहादुर खड्काले आफुलाई कार्यकक्षमै मार्ने धम्की दिएको भन्दै तुलसीपुर उपमनपा–१३ घर भई हाल राजपुर गाउँपालिका–७ स्थित सिक्टा माविका प्रधानाध्यापक ३६ वर्षीय विष्णु खत्री विरूद्ध…
सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया दुई जना युवतीलाई बलात्कार गरेको अरोपमा प्रहरीले बाणगङ्गा नपा–१० घरभई रुपन्देहीमा कार्यरत ट्राफिक प्रहरीमा कार्यरत प्रहरी जवान २९ वर्षीय विशाल शर्मा, बाणगंगा नपा–१० कै २८ वर्षीय गुरुचरण चौधरीलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिका गाउँपालिका–१ निस्कोटका ३३ वर्षीय कृष्ण विकलाई माघ ९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ २ गते बलात्कार गरेको भन्दै पीडित…