युवा संघका जिल्ला इन्चार्ज गिरफ्तार

  ०७६ माघ २६ गते

प्रतिबन्धित नेकपाको युवा संगठन बैतडीका इन्चार्ज डिलाशैनी नगरपालिका – ७ धामीगाउँका २६ वर्षीय लोकेन्द्र धामीलाई ०७६ माघ २६ गते प्रहरीले गिरफ्तार गरेको छ ।

गस्तीमा रहेको प्रहरी टोलीले धामीलाई १ थान पेस्तोल,चन्दा असुल गरेको रसीद र अन्य पर्चा पम्पलेटहरु सहित दोगडाकेदार गाउँपालिका– ६ सित्तडबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय,बैतडीका डिएसपि डिल्लीनारायण पाण्डेले बताउनु भयो ।

गिरफ्तारीमा परेका धामीमाथि हातहतियार तथा खरखजाना ऐन अन्तर्गत मुद्दा चलाइने तयारी भइरहेको पाण्डेले बताउनु भयो ।

प्रतिबन्धित नेकपाका गतिविधि नियन्त्रण गर्नका लागि प्रहरीले गस्ती गर्दै आएको डिएसपी पाण्डेको भनाइ छ ।

 


नरी बडु