युवतीको शव फेलाः बलात्कार पश्चात हत्या भएको आशङ्का

  ०७५ चैत २२ गते

अन्दाजी २० देखि २२ वर्षीया एक युवतीको शव सोनमा गाउँपालिकामा चैत २२ गते फेला परेको छ ।

सोनमा गाउँपालिका-२ सिंहासनी स्थित खेतमा फेला परेको उक्त शवको प्रकृति हेर्दा बलात्कार पश्चात हत्या गरिएको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाए अनुसार युवतीको घाँटीमा निल डाम देखिएकाले कसैले बलात्कार गरी हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । शवको प्रकृति हेर्दा २-३ दिन अघि नै उनको हत्या भएको हुन सक्ने प्रहरीले बताए ।

गहुँ गोरी वर्णकी ती युवती खैरो रङ्गको सरवाल, हल्का निलो रङ्गको कमिज र रातो रङ्गको सल लगाएकी उनको शव रहर खेतमा घोप्टो परेको अवस्थामा फेला परेको हो । उनका पहिचान हुन सकेको छैन । प्रहरीले शवको प्रकृति मुचुल्का उठाई पोष्टमार्टमको लागि जलेश्वर अस्पताल पठाएको तथा घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी ईश्वर कार्कीले जनाए ।


अजय कुमार साह