युवतीको बलात्कार गरि हत्या गरेको आशंका

  ०७६ पुस २५ गते

बागमती नपा–५ टेकानी स्थित बुडि बागमती किनारामा २६ वर्षीय पुर्णिमा मोक्तानको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

photo20200107sarlahi (2)

विवाह भएर पनि लामो समय देखी माईतीघर बागमती नपा–५ टेकानीमानै बस्दै आएकी मोक्तान गत १८ गते रातीबाट बेपत्ता भएकी थिईन् । पुर्णिमा मोक्तान हराएको खबर माईती पक्षले पुस २० गते साँझ चार बजे मात्र ईलाका प्रहरी कार्यालय बरहथवालाई मौखिक जानकारी गराएको थियो । बेपत्ता भएको खबरपाएपछि प्रहरीले मोक्तानको खोजी गरिरहेको भएपनि फेलापार्न सकेको थिएन । २१ गते बिहान स्थानीय युवाको समुहले मोक्तानको घरबाट ४ किलोमिटर टाढा बुडिबागमती खोलाको किनारको खाल्डोमा शव फेला पारी प्रहरीलाई खबर गरेको थियो ।

प्रहरीका अनुसार शवको प्रकृति हेर्दा २४ घण्टा पहिलेनै युवतीको मृत्यु भएको हुनसक्ने अनुमान छ । शव गिटी बालुवा झिक्ने क्रममा बनेको खाल्डोमा कासले छोपेको अवस्थामा फेला परेको थियो । गाउँ नजिकै लागेको मेला हेरेर घर फर्कने क्रममा बेपत्ता युवतीको तीन दिन पछि शव फेला परेपछि अहिले गाउँनै शोकमा डुबेको छ ।

घटनामा संलग्न भएको आशंकामा एक भ्यान चालक नियन्त्रणमा लिएको र युवतीको बलात्कार पश्चात हत्याको आशंकामा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । मृत अवस्थामा शव फेला परेको भएपनि मोक्तानको हत्या भएको हो वा अन्य कुनै कारणले भएको हो भन्ने कुरा शव परिक्षणको रिपोर्ट आएपछि मात्र भन्न सकिने जिल्ला प्रहरी कार्यालयका एसपी विश्वमणी पोखरेलले जानकारी दिनु भएको छ ।

युवतीको शव परिक्षणका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको प्रह्रीले जनाएको छ ।

photo20200107sarlahi (1)

photo20200107sarlahi (3)


बुधन साह