यातायात कार्यालयमा कुकर बम विष्फोट

  ०७४ वैशाख २८ गते

लहान नगरपालिका-८ स्थित सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालय लहानमा वैशाख २८ गते शक्तिशाली कुकर बम विष्फोट भएको छ ।

मध्यान्ह १२ बजे कार्यालय सञ्चालनमा रहेको समयमा अज्ञात समूहले माथिल्लो तल्लामा कार्यालय प्रमुखको कोठासँगै रहेको शौचालयमा कुकर बम विष्फोट गराएको हो ।

विष्फोट किन र कसले गराएको हो खुल्न नसकेको प्रहरीले जनाएको छ । विष्फोटबाट कुनै मानवीय क्षति नभएपनि शौचालयका कोठा क्षतिग्रस्त भएको छ भन्ने अन्य कोठाहरू चर्केको तथा झ्यालका सिसाहरू फुटेको सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालय लहानका कार्यालय प्रमुख ओमकारप्रसाद न्यौपानेले बताए ।

बम विष्फोटबाट भिआरएस तथा डिएलआरएस को सरभरमा समस्या आएकोले कार्यालयको सम्पूर्ण कामकाज वैशाख २८ गतेका लागि स्थगित गरिएको कार्यालय प्रमुख न्यौपानेले बताए ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डेका अनुसार घटनाको जिम्मेवारी कुनै समूहले लिएको छैन । घटनामा संलग्न हुनेहरूको खोजतलास भइरहेको उनले बताए ।


दुर्गा परियार