मोर्चाद्वारा अधिवेशन विथोल्ने प्रयास, माेर्चाका नेता कार्यकर्ता गिरफ्तार

  ०७३ माघ २८ गते

नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी किसान सङ्घको राजविराजमा माघ २८ गतेदेखि सुरू दोश्रो राष्ट्रिय अधिवेशनको व्यानर, झण्डा च्यात्दै अध्यक्ष नारायणमान विजुच्छेविरूद्ध संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरूले नाराबाजी गरेर बिथोल्ने प्रयास गरे ।

photo20170210saptari (1)

अधिवेशनको उद्घाटन समारोह विथोल्न पुगेका मोर्चाका कार्यकर्ताहरू र आयोजकबिच झडपको सम्भावना बढेपछि मोर्चाका ४८ जना स्थानीय नेता, कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जनायो ।

कार्यक्रममा अवरोध पुर्‍याउन खोजेको आरोपमा नियन्त्रणमा लिइएका मोर्चाका जिल्ला अध्यक्ष अमरनाथ मण्डल, रामसपाका जिल्ला अध्यक्ष सतिश सिंह, फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष हरेराम यादव, सद्भावना विद्यार्थी मञ्चका जिल्ला अध्यक्ष शम्भु यादवसहित केही र्सवसाधारण समेत गिरफ्तार भएका थिए ।

photo20170210saptari (2)

नियन्त्रणमा लिइएकाहरूलाई सङ्घको उद्घाटन सकिएपछि माघ २८ गते अपरान्ह रिहा गरिएको डिएसपी दानबहादुर कार्कीले बताए । पार्टी अध्यक्ष बिजुक्छे बिरामी परेका कारण उपस्थित हुन नसकेपछि पार्टी सचिव सुनिल प्रजापतिले अधिवेशनको उद्घाटन गरेका थिए । ५० जिल्लाका २ सय ५० जना प्रतिनिधि, पर्यवेक्षक रहेको अधिवेशन माघ २९ गतेसम्म चल्ने जनाइएको छ ।


मनोहरकुमार पोखरेल