मोर्चाका कार्यकर्ताले अयोगको प्रतिवेदन जलाए

  ०७३ माघ २४ गते

संघीय लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तह पुनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवदेन माघ २३ गते राजविराजमा जलाएको छ ।

राजविराज नपा-१ स्थित शिव मन्दिर प्राङ्गणबाट निस्केको मोर्चा निकट दलका स्थानीय नेताहरू सम्मिलित जुलुसले राजविराज नपा-३ स्थित शहीद चोकमा पुगेर प्रतिवेदन जलाए ।

मोर्चाका सप्तरी संयोजक अमरनाथ मण्डलको नेतृत्वमा निस्केको जुलुसले नगर परिक्रमापश्चात प्रतिवेदन जलाएर कोणसभा गरेको बताए । कोणसभालाई सम्बोधन गर्दै मोर्चाका स्थानीय नेताहरूले पुनर्संरचना आयोगको प्रतिवेदन अपुरो, अधुरो र त्रुटीपूर्ण रहेकोले मान्य नहुने बताए ।


मनोहरकुमार पोखरेल