मुख्यमन्त्री सहभागी कार्यक्रम नजिकै बम विष्फोट
पचालझरना गाउँपालिकाको गाउँसभा उद्घाटन गर्न गएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर साउन २९ गते दिउँसो बम विष्फोट भएको छ ।
स्थलमार्ग हुँदै कालिकोट पुगेका मुख्यमन्त्री शाही पचालझरना गाउँपालिका-३ खिग्ग्ममा भइरहेको कार्यक्रममा सहभागी थिए ।
गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले कार्यक्रम स्थलभन्दा एक किलोमिटर परको जङ्गलमा भएको बम विष्फोट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले गराएको हुनसक्ने अनुमार रहेको जानकारी दिए ।
विष्फोटबाट क्षति भने नभएको बताउँदै अध्यक्ष शाहीले घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताए ।
यसअघि पनि जेठ १५ गते पलाँता गाउँपालिका-९ मा राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गर्न पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर बम विष्फोट भएको थियो ।
कालिबहादुर मल्ल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको ओरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले भारत बिहारको चम्पारण पलनवा ग्राम पञ्चायत लौकरीया-५ घर भई बीरगंज महानगरपालिका–२ मा डेरा गरी बस्ने ३६ वर्षीय नेहाल मियाँलाई माघ…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ११ गते)
माघ ११ गते २ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बन्चरो प्रहार गरी पत्नीको हत्या
हरिहरपुरगढी गाउँपालिका–१ चिसापानीकी ३६ वर्षीया राममाया घलानको पति ४० वर्षीय शेरबहादुर बुजुले बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पत्नी राममायालाई माघ ९ गते राती ११…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मन्थली नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष ५१ वर्षीय भरतबहादुर बोहरालाई ०७७ माघ १० गते प्रहरीले मन्थली नपा-१० स्थित घरबाट गिरफ्तार गरेको छ ।…
प्रहरीद्वारा मानव अधिकार रक्षकहरुमाथि दुर्व्यवहार गरेको पीडित पक्षको आरोप
इलाका प्रहरी कार्यालय लहानका प्रहरीहरूले मानव अधिकार रक्षकहरुलाई माघ ९ गते प्रहरी कार्यालय भित्रै दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियार, महिला मानव अधिकार रक्षक…