मुख्यमन्त्रीलाई लक्षित गरी बम विष्फोट

  ०७६ वैशाख १७ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वैशाख १७ गते प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेललाई लक्षित गरी श्रृङ्खलाबद्ध बम विष्फोट गराएको प्रहरीले जनाएको छ ।

मुख्यमन्त्री पोखरेल सदरमुकाम लिबाङबाट त्रिवेणी गाउँपालिका पशु सेवा शाखा कार्यालयको उद्घाटन र नेकपाको आमसभा कार्यक्रमका लागि जाँदै गर्दा त्रिवेणी गाउँपालिका–७ तिला बजार नजिक र त्रिवेणी गापा–५ नेर्पा बजार नजिकै बम विष्फोट गराइएको हो ।

सडक नजिकै जङ्गलमा बम विष्फोट भएको मुख्यमन्त्रीसँगै रहेका प्रदेश सांसद दिपेन्द्रकुमार पुनले बताए ।

वैशाख १६ गते सदरमुकाम लिबाङ नजिकै तित्रीकोटमा बम विष्फोट भएकाप्रहरीले जनाएको छ । यसैबीच रोल्पाको माडीचौर गरिएको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सो पार्टीलाई चन्दा आतङ्क र हिंसाबाट सत्ता प्राप्त गर्न सम्भव नभएको भन्दै मुलधारको राजनीतिमा आउन आग्रह गरेका थिए ।


माधवकुमार ओली