मालीमस्ती नाकाबाट एक महिलाको उद्धार

  ०७५ असार २६ गते

ठोरीको एउटा नाका हुँदै भारत जान लागेको अवस्थामा पर्साको ठोरी गाउँपालिका स्थानीयले असार २५ गते मकवानपुरकी ३० वर्षीया महिलालाई उद्धार गरी प्रहरीको जिम्मा लगाएका छन् ।

ठोरी गाउँपालिका-४ मालीबस्ती नकाबाट भारततर्फगइरहेको अवस्थामा शङ्का लागि सोधपुछ गर्दा पीडितले आफू भारत हुँदै कुवेत जान लागेको बताएपछि स्थानीयले उनलाई प्रहरीको जिम्मा लगाएको स्थानीय सनम श्रेष्ठले जनाकारी दिए ।

पीडित महिलाका अनुसार उनीहरूको टोलीमा उनीसहित सात जना थिए । चितवन तर्फबाट माडी हुँदै बसमा आएका उनीहरू मालीबस्ती नजिक रहेको बागमोर्चा पुलमा ओर्लिएका थिए ।

टोलीमा भएका तीन पुरूष र तीन महिला मालीबस्ती हुँदै भारततर्फगएको उनले बताइन् । उनीहरूले प्रयोग गरेको बाटोको दुवैतर्फप्रहरीको चेक पोष्ट छैन । मालीबस्तीबाट भारततर्फप्रवेश गर्न पैदल १० मिनेट मात्र लाग्छ ।


केसी लामिछाने