मानव वेचविखनमा संलग्न रहेको कसुरमा जनही दुई वर्षकैदको फैसला
मानव वेचविखनमा संलग्न रहेको कसुरमा दाङ जिल्ला अदालतले लालमटिया-३ भालुवाङका ३६ वर्षीय राजकुमार पुन र ४२ वर्षीया मनकला सुनारलाई जनही दुई वर्षकैद गर्ने फैसला गरेको छ ।
न्यायाधीश बलभद्र बास्तोलाको इजलासले मङ्सिर ९ गते दुवै जनालाई दोषी ठहर गर्दै कैद गर्ने फैसला गरेको अदालतका श्रेष्तेदार गम्भीर रानाले बताए ।
आर्थिक प्रलोभनमा पारी भारतमा लगेर दुई जना महिला बेचविखन गरेको भन्दै पुन र सुनारलाई असार २४ गते गिरफ्तार गरेको थियो ।
आफूहरूलाई भारतको गोरखपुर पुर्याएको आरोपमा पीडित महिलाले असार २४ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए । गोरखपुर मन्दिरमा रहेका बाबासँग भेटेर पुजा गरे लाखौँ रुपियाँ पाइने प्रलोभन देखाएर असार १२ गते लालमटियाबाट ती दुई युवतिलाई कृष्णनगर हुँदै गोरखपुर पुर्याइएको प्रहरीले जनाएको छ ।
गोरखपुर पुर्याइएका महिलालाई अश्लील कार्य गर्न बाध्य बनाएकोले भागेर असार २० गते नेपाल फर्केको पीडितहरूले बताएका छन् ।
जे.एन.सागर
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा २ महिना कैद सजायको फैसला
१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको कसुरमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका –२ का २८ वर्षीय गोपाल सुनारलाई जिल्ला अदालत सल्यानले दुइ महिना कैद तथा १० हजार क्षतिपुर्तिको फैसला गरेको छ…
हत्या घटनाका आरोपित गिरफ्तार पछि प्रहरीद्वारा सार्बजनिक
रेसुङ्गा नगरपालिका– ३ की २१ वर्षीया सम्झना बोहराको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४७ वर्षीय लालबहादुर खत्रीलाई फागुन १७ गते गिरफ्तार गरी प्रारम्भिक अनुसन्धानबाट हत्यामा सङ्लग्न रहेको पाइएपछि प्रहरीले…
सामुहिक बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २० वर्षीय दिलिप सापकोटालाई ०७७ फागुण १९ गते चौतारा बजारबाट गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनुभयो…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
हेटौँडा उपमहानगरपालिका–१५ स्थित रिद्धीसिद्धी सिमेन्ट उद्योगका महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फागुन १७ गते उद्योगका महाप्रबन्धक तथा पूर्व एसएसपी ५८ वर्षीय लोकेन्द्रबहादुर मल्ललाई गिरफ्तार गरेको छ । आरोपितले उद्योगमा…
सदरमुकाममा भन्सार कार्यालय, ३ हजार रुपियाँ राजश्व बुझाउनका लागि १५ हजार रुपियाँ खर्च
जिल्लाको उत्तरी क्षेत्रमा रहेको किमाथाङ्का सीमा भन्सार कार्यालय सदरमुकाम खाँदबारीमा बस्दा सेवाग्राहीले सास्ती पाएका छन् । ३ हजार २ सय ५४ रुपियाँ भन्सार राजश्व बुझाउँन पाँच दिनको पैदल यात्रा गरी…