मानव बेचविखन प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७६ फागुन २२ गते

३८ वर्षीया महिलालाई प्रलोभन देखाएर भारत लैजादै गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–४ का ६२ वर्षीय छविलाल पासीलाई फागुन १८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई फागुन १८ गते आरोपितले तन्त्रमन्त्र गरी आम्दानी हुने प्रलोभन देखाएर भारत तर्फ लैजादै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय लुम्बिनीले कालिदहबाट गिरफ्तार गरेको हो । घटनामा सङ्लग्न रहेका लुम्बिनी सांस्कृतिक नपा–१२ का ३७ वर्षीय अशोक लोध र सियारी गाउँपालिका–३ का सनिउल्लाह सावत फरार रहेका सई डेलम्बर घिमिरेले बताउनु भयो । पीडितले फागुन १९ गते दिएको उजुरीका आधारमा  कारवाही अगाडि बढाएको प्रहरीले जनायो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन १९ गते भीम अस्पताल, भैरहवामा  गरिएको प्रहरीले जनायो ।

 


रीमा बि.सी.