मानव बेचविखन गरेको कसुरमा १० वर्षकैदकौ फैसला

  ०७३ भदौ २ गते

२२ वर्षीया युवतीलाई बेचविखन गर्ने कार्यमा संलग्न रहेको कसुरमा सिन्धुपाल्चोक जिल्ला बराम्चीका ३५ वर्षीय अक्कलबहादुर तामाङलाई चितवन जिल्ला अदालतको भदौ १ गतेको अदेशले १० वर्षकैद र ५० हजार रुपियाँ जरिवानाको फैसला सुनाएको छ ।

न्यायाधीश नारायण सुवेदीको इजलासले उक्त फैसला गरेको अदालतका सूचना अधिकारी कृष्ण बरालले जानकारी दिए ।

युवतीलाई ललाइफकाई रोजगारीका लागि विदेश पठाइदिन्छु भनी काठमाडौँबाट नारायणगढ हुँदै भारत लाने क्रममा ०७३ असार ४ गते बेलुका तमाङ गिरफ्तार परेका थिए ।

साना हातहरू नामक संस्थाको तर्फबाट तामाङविरुद्ध असार ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । उक्त संस्थाको सहयोगमा युवतीलाई चितवनको पुल्चोकबाट असार ४ गते नै उद्दार गरिएको थियो ।


दिपेन्द्र अधिकारी