मानव बेचविखनविरुद्ध दिवसको अवसरमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

  ०७७ साउन १६ गते

अन्तर्राष्ट्रिय मानव बेचविखनविररूद्ध दिवसको अवसर पारेर किशोरी, युवा तथा महिलालाई मानव बेचबिखनविरूद्ध एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

photo20200731dhanusha (1)

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २, महिला मानव अधिकार रक्षक सञ्जाल धनुषा र जिल्ला युवा सञ्जालको समन्वय तथा ओरेक नेपाल धनुषाको आयोजनामा साउन १५ गते जनकपुरधाममा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो ।

ओेरेक नेपाल धनुषा संयोजक रोजलिन सिंह बछारको अध्यक्षता तथा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ का मानव अधिकार अधिकृत मनमाया राना मगरको प्रमुख आतिथ्यतामा आयोजित अभिमुखिकरणमा इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले मानव अधिकार, मानव बेचविखनको अवस्था, मानव बेचविखनले समाजमा पारेको प्रभाव, न्युनिकरणको उपाय लयातको विषयवस्तुमा केन्द्रित रहेर प्रस्तुतिकरण गर्नु भएको थियो ।

photo20200731dhanusha (2)

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ का मानव अधिकार अधिकृत मगरले दलाल प्रवृत्तिका महिला होस् वा पुरुष, ललाइफकाई विभिन्न ठाउँमा महिला तथा बालबालिकाहरूलाई किनबेच गर्दै शारीरिक, मानसिक तथा आर्थिक रूपमा शोषण गर्दै आएकाले भोलिका कर्णधार बालबालिका तथा महिलाहरू सचेत हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जाल धनुषाका अध्यक्ष शिला झाले केटी मान्छेहरूलाई पैसाको लोभ, नयाँ मोबाइलको लोभ र घुमफिर गराइदिने बाहनामा शारीरिक देखि मानसिक रूपमा शोषण हुँदै आएकाले यसबाट बच्न सबैलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा सामाजिक अभियन्ता सम्झना वर्मा, जमुना भुजेल, सुभद्रा आले मगर, नैनो देवी ठाकुर, जिल्ला प्रहरी कार्यालय धनुषाका महिला तथा बालबालिका सेल प्रमुख असई दिपिका ओझा, इन्सेक धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंह, ओरेक नेपालका कार्यक्रम संयोजक विकास बन्जारालगायत अधिकारका क्षेत्रमा क्रियाशिल विभिन्न सञ्जालका किशोरीहरूको सहभागिता रहेको थियो ।


दीपेन्द्रप्रसाद सिंह