मानव बेचबिखन तथा बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ जेठ ५ गते

२५ वर्षीया महिलालाई राम्रो कामका लागि विदेश पठाइदिने प्रलोभन देखाएर होटलमा राखी पटकपटक बलात्कार गरेको प्रहरीले अर्घाखाँची जिल्ला सन्धीखर्क नपा–४ स्थायी घरभई सिद्धार्थनगर नपा–१३ बस्ने ३५ वर्षीय सन्तोष क्षेत्रीलाई सिद्धार्थनगर नपा–१ वेलहियाबाट जेठ ३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले विभिन्न प्रलोभन देखाई ललाईफकाई भारततिर लैजाँदै गरेको अवस्थामा ड्युटीमा रहेको प्रहरीले उद्धार गरी आरोपितलाई समात्न सफल भएको हो ।

आरोपित विरूद्ध मानव बेचबिखन तथा ओसारपसार र बलात्कार कसुरमा कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डिएसपी धर्मराज भण्डारीले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ ३ गते नै भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।


रीमा विसी