बेचबिखन घटनाका अभियुक्त गिरफ्तार

  ०७७ असोज १५ गते

३७ वर्षीया महिलालाई ०६४ चैत ७ गते भारत लगी बेचबिखन गरेको कुसुरमा जिल्ला अदालतले दोषी ठहर गरेका फरार अभियुक्त दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीका ३६ वर्षीय सुकमान तामाङलाई असोज १३ गते प्रहरीले गिरफ्तार गरेको छ ।

अभियुक्तलाई काठमाडौँ गोकर्णेश्वर नगरपालिका–५ बाट गिरफ्तार गरी जिल्ला जिल्ला अदालतमा असोज १३ गते नै उपस्थित गराई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु फुयालले बताउनु भयो ।

पीडित महिलालाई ०७० असार २५ गते उद्दार गरी नेपाल फर्काइएको थियो । अदालतमा ०७२ कातिक २४ गते मुद्दा दर्ता भएकोमा तामाङलाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत नुवाकोटले २०७४ चैत ७ गते दोषी ठहर गरी ३० वर्ष ५ महिना २८ दिन कैद फैसला र रु.२ लाख ५० हजार जरिवाना असुल गराउने फैसला गरेको थियो ।


नवदीप श्रेष्ठ