मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

  ०७७ असोज ९ गते

१५, १६ र दुई जना १४ वर्षीया चार जना बालिकालाई बेचबिखनको आरोपमा प्रहरीले  प्रभात होटेलका सञ्चालक घोराही उपमनपा–१४ का ४० वर्षीय हिमलाल सार्कीलाई असोज ७ गते गिरफ्तार गरेको छ ।

बालिकाहरूलाई यौन कार्यमा लगाएर होटेल व्यवसाय चलाएको जानकारी पाएपछि  प्रहरीले असोज ३ गते छापा मारेर चार जना बालिकाहरूको उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काले बताउनु भयो । उहाँ अनुसार आरोपित उपर मान मानव बेचबिखन सम्बन्धि मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।

उद्धार गरिएका चारैजनाको स्वास्थ्य परीक्षण असोज ४ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो । बालिकाहरूलाई असोज ४ गते अभिभावकको जिम्मा लगाइएको थियो ।


जयनारायण पुन