मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

  ०७६ माघ २८ गते

सिन्धुपाल्चोक मेलम्चीकी २० वर्षीया फूलमाया तामाङ र २२ वर्षीया अञ्जना तामाङलाई बेचबिखनका लागि भारत लगेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–१ का ३५ वर्षीय दीपक कुर्मीलाई गिरफ्तार गरेको छ ।

आरोपितले युवतीद्वयलाई काठमाण्डौँबाट विराटनगर बोलाएर माघ २२ गते जोगवनी नाका हुँदै दिल्ली लैजान लागेको अवस्थामा प्रहरीले आरोपितलाई माघ २२ गते जोगवनी नाकाबाट गिरफ्तार गरी माघ २८ गते सार्वजनिक गरेको हो ।

मानव बेचबिखन घटनामा सिन्धुपाल्चोकका अर्जुन तामाङ र विराटनगर महानगरपालिका–५ का राजुप्रसाद रिजालको संलग्नता देखिएपनि उनीहरू फरार रहेकाले खोजी थालिएको इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर दीपक थापाले बताउनुभयो ।

वैदेशिक रोजगारीको बहानामा प्रलोभनमा पार्दै झुक्याएर प्रतिबन्धित मुलुक लैजान खोजेको आरोपमा युवतीद्वयले आरोपित तामाङ, रिजाल र कुर्मी विरूद्ध माघ २२ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् ।


नेत्र पी अधिकारी