मानव बेचबिखनविरूद्ध सप्ताहव्यापी कार्यक्रम सुरू

  ०७६ भदौ १५ गते

मानव बेचबिखनविरूद्धको १३ औँ राष्ट्रिय दिवसको अवसरमा भदौ १४ गते सप्तरीमा सप्ताहव्यापी कार्यक्रम सुरू भएको छ ।

सप्ताहव्यापी कार्यक्रमको उद्घाटन गर्दै तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित सप्तरीको तिलाठी र भारत बिहारको कुनौली सिमानाकामा मानव बेचबिखन तथा ओसारपसारविरूद्ध अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिका उपाध्यक्ष सुचिता यादवले मानव बेचबिखनको घटना भयावह रूपमा दिनप्रतिदिन बढेकाले स्थानीय तहलगायत यस क्षेत्रमा क्रियाशील सङ्घसंस्थाले मानव बेचबिखनविरूद्धको अभियान ग्रामीण तहसम्मै लग्नु पर्ने बताइन् ।

मानव बेचबिखन तथा ओसारपसार गम्भीर अपराध भएकाले नागरिक, प्रहरी र सरोकारवाला निकायले समन्वय गरी पीडित केन्द्रीत अभियानमा लाग्नुपर्ने उनले बताइन् ।

सप्तरीमा यस वर्ष मानव बेचबिखनविरूद्धको १३ औँ राष्ट्रिय दिवस भदौ १४ गतेदेखि भदौ २० गतेसम्म सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइँदैछ ।

महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धिलाई व्यवस्थापिका संसदबाट अनुमोदन गरेको दिन ०६३ भदौ २० गतेको स्मरण गर्दै २०६४ सालदेखि प्रत्येक वर्ष भदौ २० गते यस क्षेत्रमा काम गर्ने सरोकारवाला सबै निकाय, सङ्घसंस्था, अधिकारकर्मी, नागरिक समाज तथा सञ्चार जगतबाट सङ्गठित रूपमा यो दिवस मनाइँदै आएको छ ।

photo20190901saptari (1)

photo20190901saptari (2)

photo20190901saptari (3)

photo20190901saptari (4)

photo20190901saptari (5)

photo20190901saptari (6)


मनोहरकुमार पोखरेल