मानव अधिकार वर्ष पुस्तक मानव अधिकारको ऐनाः कानुन मन्त्री यादव

  ०७५ फागुन ७ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक मानव अधिकारको ऐनाको रूपमा रहेको प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले बताएक छन् ।

आज नेपाल बार एशोसिएसन जनकपुरको सभा कक्षमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को सार्वजनिकीकरण कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

मन्त्री यादवले नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को विमोचन गरे । वर्ष पुस्तकको सार्वजनिकीकरण गर्दै उनले भने–‘मानव अधिकार हनन् भएको मापन कसरी गर्ने ?’

‘समतामुलक समाज निर्माण गर्न चाहेको छु । तर, केन्द्र सरकारले साथ नदिएको गुनासो गरे ।’–मन्त्री यादवले भने ।

महिला तथा बालबालिकाको सशक्तिकरण र जातीय विभेद अन्त्य गर्न प्रदेश सरकार दिर्घकालीन योजनाहरू ल्याउन खोजेको उनले बताए ।

महिलालाई प्रदेश सरकारले ५० प्रतिशत आरक्षण गरेकोमा सङ्घ सरकारले बाझिने गरि कानुन निर्माण गरेको काम गर्न कठिनाइ भइरहेको उनले बताएका छन् ।

जन्मसिद्ध नागरिकको छोराछोरीले बंशजको नागरिकता पाउनुपर्ने संविधानको धारा १० मा स्पष्ट व्यवस्था भएपनि प्रमुख जिल्ला अधिकारहरूले नदिएको यो विषय मधेसमा जटिल हुँदै गएको र प्रदेश सरकारलाई प्रहरी प्रशासन अधिकार कटौती गरिएकोमा असन्तुष्टि समेत व्यक्त गरे ।

इन्सेकले स्थिर राजनिति भयो भने वर्ष पुस्तकमा लेखेकोले यसरी स्थिर नहुने उनले बताए । सिडियो बढि अधिकार दिई आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई समान्य समन्वय गर्ने गरी अधिकारहरू प्रत्यायोजन गरेकोले प्रदेश सरकार र सङ्घबीच दुरी बढ्ने र द्वन्द्व उत्पन्न हुने खतरा रहेको मन्त्री यादवले बताए ।

मानव अधिकारको सवाल धेरै नै भेग रहेको प्रदेश सभा सदस्य परमेश्वर साहले बताए । तर, मानव अधिकार वर्ष पुस्तकमा राजनीतिक स्थिरता देशमा भयो भनी लेखिएको असुन्तुष्टि व्यक्त गरे ।

उनले यो संविधानलाई नै मधेसी जनताले अहिलेसम्म अपनत्व ग्रहण गर्न सकेको छैन अनि कसरी राजनीतिक स्थिरता भयो ? भनी प्रतिप्रश्न गरे ।

केन्द्र सरकारले प्रदेश सरकारले बनाएको कानुनहरूलाई स्वीकार नगर्ने, प्रहरी, सिडियो र मन्त्रालयको सचिवहरू सबै सङ्घको हातमा रहेको प्रदेश सरकारले केही गर्न नसक्ने बताए । यसरी दुवै बीच मनमोटाव सुरू हुने उनले बताए ।

इन्सेकले पञ्चायतकालदेखि निरन्तर मानव अधिकारको अध्ययन अनुसन्धान गरी मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै जनतालाई पनि सचेत गर्दै आएकोले अन्य संस्थाको तुलनामा यसको मानव अधिकारको क्षेत्रमा ठूलो भूमिका रहेको मानव अधिकारकर्मी बैजनाथ झाले बताए ।

२७ वर्षदेखि मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएकोमा इन्सेकलाई धन्यवाद दिँदै यस प्रदेशका दलित समुदायलाई शिक्षामा जोड दिनुपर्ने समेत बताए ।

इन्सेकले मानव अधिकार वर्ष पुस्तक प्रकाशन गरी सरोकारवाला झक्झक्याएको प्रा. डा. सुरेन्द्र लाभले बताए । ६ वर्षको बालिकादेखि ६० वर्षीया बुढियालाई बलात्कार गरेको घटनाहरू भएकोले सरोकारवालाहरू सचेत हुनु पर्नेमा उनले जोड दिए ।

जिल्लामा कुनै पनि मानव अधिकारका घटनाहरू हुन नदिन आफू प्रतिबद्ध रहेको जिल्ला प्रहरी कार्यालयका एसपी शेखर खनाले बताए । मानव अधिकार वर्ष पुस्तकले सबैलाई सचेत बनाएको एसपी खनालले बताए ।

इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले प्रदेशको मानव अधिकारको अवस्था बारेमा बताउँदै सन् २०१८ मा महिला तथा बालबालिका बढी पीडित भएको बताए ।

इन्सेकमा अभिलेखित घटना अनुसार प्रदेश २ मा मानव अधिकार उल्लङ्घन तथा ज्यातदीका घटनामा ६ सय १ जना पीडित भएको उनले बताए ।

जातीय विभेदका घटनामा १०, अभिव्यक्ति स्वतन्त्रता तथा सङ्गठित हुने अधिकारमा चार जना, महिला अधिकार उल्लङ्घनका घटनामा २ सय ३५ जना, बाल अधिकार उल्लङ्घनका घटनामा २ सय ११ जना बालबालिका पीडित भएको बताए ।

त्यसतै बाल विवाह घटनामा सात जना बालिका र एक जना बालक, बालिका बेचबिखनमा नौ जना बालिका, बलात्कार घटनामा १ सय ४५ जना बालिका र यौन दुर्व्यवहार घटनामा ४२ बालिका र ५ बालक पीडित भएका घटना अभिलेख रहेको संयोजक पासवानले बताए ।

महिला अधिकार अन्तर्गत बलात्कार घटनामा ५६, बलात्कार प्रयास घटनामा ३०, यौन दुव्र्यवहार पाँच, कथित बोक्सीको घटनामा २०, घरेलु हिंसा ६०, बेचबिखनमा तीन, बहुविवाह घटनामा ५८ जना महिलाहरू पीडित भएको उनले बताए ।

इन्सेकको कार्यसमितिकी पूर्व सदस्य बसन्तीदेवी झाले प्रदेश सरकारले महिला ५० प्रतिशत आरक्षण दिएको कुरा ठिक हो तर प्रदेशको मन्त्री मण्डलमा महिला नहुनु र कुनै पनि विषयगत समितिमा महिलालाई प्रमुख पदमा नराखिएकोले गुनासो गर्नु भयो ।

सो कार्यक्रममा सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेल उत्कृष्ट जिल्ला प्रतिनिधिको रूपमा सम्मानित भएका छन् ।

photo20190220dhanusha (1)

photo20190220dhanusha (2)

photo20190220dhanusha (3)

photo20190220dhanusha (4)

photo20190220dhanusha (5)

photo20190220dhanusha (6)

photo20190220dhanusha (7)

photo20190220dhanusha (8)

photo20190220dhanusha (9)

photo20190220dhanusha (10)

photo20190220dhanusha (11)

photo20190220dhanusha (12)

photo20190220dhanusha (13)


विनोदकुमार रविदास