मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया सम्पन्न

  ०७४ वैशाख २७ गते

स्वच्छ निर्वाचनको लागि नागरिक अभियानको सचिवालय इन्सेकले बागलुङमा मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

Photo20170510Baglung

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजना र विभिन्न संस्थाहरूका सहकार्यमा भएको कार्यक्रममा बोल्दै बागलुङका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्वासेले बागलुङ जिल्लामा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको बताए ।

उनले बागलुङ जिल्लामा स्थानीय तहको निर्वाचनलाई स्वच्छ, धाँधलीरहित र निष्पक्ष बनाउनको लागि जिल्ला निर्वाचन कार्यालय प्रतिबद्ध रहेको भन्दै निर्वाचनमा मानव अधिकार उल्लङ्घनका कुनैपनि घटना हुन नदिने बताए । उनले बागलुङ जिल्लाका १० ओटै निर्वाचन केन्द्रमा मतपत्र, मदपेटिका लगायतका सम्पुर्ण सामग्री पुगिसकेको भन्दै निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी निकै कम परेको बताए ।


सिर्जना पन्त