मानव अधिकार रक्षकको जोखिम कम गर्न अधिकारकर्मीबिचको एकतामा जोड
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका क्षेत्रीय निर्देशक मुरारी खरेलले मानवअधिकार रक्षकहरूको जोखिम कम गर्न अधिकारकर्मीबिचको एकतामा जोड दिएका छन् ।
इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय नेपालगञ्ज र राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जद्वारा दैलेख जिल्लाको मानव अधिकार अवस्था र मानव अधिकार रक्षकका चुनौती विषयमा कात्तिक १० गते आयोजित अन्तरक्रिया कार्यक्रममा आयोगका क्षेत्रीय निर्देशक खरेलले सो कुरामा जोड दिएका हुन् । सो अवसरमा क्षेत्रीय निर्देशक खरेलले परियोजनामूखी अधिकारकर्मी वास्तविक अधिकारकर्मी हुन नसक्ने टिप्पणी गरे ।
कार्यक्रममा इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक भोला महतले सशस्त्र द्वन्द्वको अवधिको तुलनामा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका स्वरुप र शैली बदलिएको बताए । उनले भने-'त्यसबेला हत्या हुन्थ्यो । अहिले धम्की आउँछ ।'
नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष नमनकुमार शाहीले कुनै घटना हुँदा जस लिने नाममा एक्लै अगुवा गर्न खोज्दा अधिकारकर्मी असुरक्षित हुने गरेको विचार राखे । महिला सशक्तिकरण मञ्चकी अध्यक्ष डीलकुमारी चन्दले हिंसामा परेका महिलाको संरक्षण गर्ने सेल्टर नहुँदा मुद्दा अदालतमा पुग्दा होष्टाइल हुने गरेको बताएकी छन् ।
कार्यक्रममा सहभागी अधिकारकर्मीहरूले दैलेखमा हाल सञ्चालन भइरहेको बालविवाह रोकथाम अभियान र त्यसमा जुटेका अधिकारकर्मीहरू असुरक्षित रहेको औँल्याए । ज्येष्ठ नागरिक समाजका अध्यक्ष वीरबहादुर भण्डारीले ज्येष्ठ नागरिक भत्ता सहज र सुलभ तरिकाले वितरण गर्नुपर्ने बताउँदै अस्पताल र यातायात क्षेत्रमा ज्येष्ठ नागरिकलाई सहुलियत नदिएको गुनासो गरे ।

अमर सुनार
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का १८ वर्षीय प्रभुप्रसाद यादवलाई इलाका प्रहरी कार्यालय लहानले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २ गते…
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र कान्छी सासू ६५ वर्षीया विष्णुमाया श्रेष्ठविरुद्ध माघ ३ इलाका प्रहरी…