मानव अधिकार कार्य योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्य योजनाको कार्यन्वयन विषयक अन्तरक्रिया कार्यक्रम फागुन १४ गते विदुरमा सम्पन्न भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा भएको कार्यक्रममा आयोगका मानव अधिकार अधिकृत खिमानन्द बस्यालले कार्य योजनाले समेटेका विषयबस्तु बारे जानकारी दिनुभएको थियो ।
आयोगले कार्ययोजनामा शिक्षा, स्वास्थ्य, खाद्य अधिकार, आवास, श्रम तथा रोजगार, बालअधिकार र बालन्याय, सामाजिक न्याय, सांस्कृतिक अधिकार, कानुनी सुधार तथा न्याय प्रशासन, हिरासत तथा कारागार सुधार, सङ्क्रमणकालीन न्याय मानव अधिकार शिक्षा लगायत १७ ओटा विषय समेटेको छ ।
कार्ययोजनाको कार्यन्वयन, समन्वयको लागि जिल्लामा जिल्ला समन्वय समितिको प्रमुखको संयोजकत्वमा र स्थानीय तहमा स्थानीय तह प्रमुखको संयोजकत्वमा कार्ययोजना समन्वय संयन्त्र रहने व्यवस्था रहेको मानव अधिकार अधिकृत बस्यालले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल लगायत सरोकारवालाहरुले स्थानीयस्तरमा मानव अधिकारको विषयहरूलाई मिहीन ढङ्गले लैजानु पर्नेमा जोड दिनु भएको थियो ।
सहभागीहरूले अधिकार उलङ्घनको घटनामा पीडित पक्षले क्षतिपूर्ति नपाउने समस्या देखिएकोले कानुनले भराएको क्षतिपूर्ति पीडक पक्षले दिन नसकेमा राज्यले नै भराइदिने व्यवस्था प्रभावकारी रूपमा गराउन आयोगले भूमिका खेल्नु पर्ने बताएका थिए ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बबई गाउँपालिका–४ का ३४ वर्षीय केशवबहादुर विकलाई चैत २७ गते गिरफ्तार गरेको छ । पीडित जङ्गलको बाटो हिडिरहेका बेला आरोपितले चैत २७ गते…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धादिङ निलकण्ठ नगरपालिका–९ घर भइ हाल कास्की जिल्ला पोखरा महानगरपालिका–४ गणेशटोल बस्ने २३ वर्षीय ईश्वर श्रेष्ठलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
प्रधानाध्यापकलाई कुटपिट घटनाका आरोपित गिरफ्तार
आदर्शकोटवाल गाउँपालिका–७ कोत्वाली टोल घर घई रामचरित्र मावि आदर्शकोटवाल गाउँपालिका–१ जयनगर चिउँताहाका प्रधानाध्यापक ४८ वर्षीय दिनेशप्रसाद साहलाई चैत २९ गते कुटपिट गरेको आरोपमा प्रहरी चौकी चिउटाहाको प्रहरी टोलीले सोही विद्यालय…
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले खाँदवारी नगरपालिका–८ का ३४ वर्षीय सुमन पाण्डेविरूद्ध चैत २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले ०७७ कात्तिक…
बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दुल्लू नगरपालिका–४ बान्देउ टोलका २२ वर्षीय दीपक बिकलाई दैलेख जिल्ला अदालतले १९ वर्ष कैद, १ लाख रुपियाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने र २ हजार २…